Thursday, 19 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज ७६ औँ प्रजातन्त्र दिवस, होला त सहिदले देखेको सपना पूरा ?

आज ७६ औँ प्रजातन्त्र दिवस, होला त सहिदले देखेको सपना पूरा ?


काठमाडौं । आज ७६ औँ प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाईदै छ ।

प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सहिदहरूको योगदानको स्मरण गर्दै राणा शासनविरुद्ध र अन्य राजनीतिक आन्दोलनमा जीवन गुमाउने सहिदको शालिकमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरिएको छ । देशलाई समृद्ध र जनतालाई खुसी बनाउनुपर्ने भन्दै प्रधानमन्त्री,राष्ट्रपति, सभामुख, दलका नेताहरूले शुभकामना व्यक्त गर्नुभएको छ ।

सैनिकमञ्च टुडिखेलमा राष्ट्रपति,प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्ति, कुटनैतिक नियोगका अधिकारीको उपस्थितिमा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवस मनाउदै आएको छ । २००७ साल फागुन ७ मा जहानीया राणा शासन ढलेर प्रजातन्त्र अर्थात जनताबाट निर्वाचित प्रतिनिधिले शासन गर्ने व्यवस्था आएको थियोे ।

सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ