चुनावी प्रतिज्ञापत्रबारे कांग्रेसको खुला प्रश्नोत्तर कार्यक्रम
यस्ता छन सभापति गगनका प्रतिबद्धता
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी प्रतिज्ञापत्रबारे खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गरेको छ ।
बिहीबार (आज) दिउँसो काठमाडौँको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ कार्यक्रममार्फैत सभापति गगनकुमार थापाले पार्टीको चुनावी प्रतिज्ञापत्रबारे देश–विदेशबाट उठाइएका प्रश्नको प्रत्यक्ष उत्तर दिनुभएको हो । प्रत्यक्ष सहभागि भएर अनि प्रविधिमार्फत विश्वभरबाट प्रश्न उठाउन सकिने व्यवस्था गरिएको छ।

कांग्रेस सभापति थापाले विभिन्न प्रश्नको जवाफ दिने क्रममा एक पटकको नेपाली सधै्रको नेपाली भन्ने मान्यतालाई कानुनी रुपमा स्थापित गराउने, १० लखा सम्मको आम्दानीमा कर तिर्न नपर्ने व्यवस्था, जस्तै सुकै रोग लागेपनि निःशूल्क उपचार, ५ वर्षमा १५ लाखलाई रोजगारीको प्रतिबद्धता जनाउनुभएको छ । अब कांग्रेस कहिल्यै राजनीतिक नियुक्तिको भागबण्डामा नलाग्ने प्रतिबद्धता जनाउदै भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता नहेर्ने बताउनुभएको छ । संघमा १६ र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय राखेर जनता र देशको पक्षमा काम गर्ने सरकारको प्रतिबद्धता कांग्रेसले गरेको छ । Photo-NPL
















तपाईको प्रतिक्रिया