ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टरको अध्यक्षमा हमालकै निरन्तरता
काठमाडौं । ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टरको पहिलो साधारणसभाबाट अध्यक्षमा पुनः विष्णु हमाल नै दोहोरिनुभएको छ ।
नयाँ कार्यसमिति चयन भएसँगै अध्यक्ष हमालले यस वर्षभित्र कम्तीमा ५ हेक्टर जग्गा जोड्ने र सदस्य संख्या २ हजार पुर्याउने लक्ष्य अघि सार्नुभएको छ। संस्थाले हालसम्म १ लाख ३६ हजार अष्ट्रेलियन डलर संकलन गरिसकेको छ। अध्यक्षमा हमालकै निरन्तरता हुँदा उपाध्यक्षमा उमेश पन्त र देव बहादुर गुरुङ चयन हुनुभएको छ । महासचिव डा. प्रकाश पौडेल, कोषाध्यक्ष प्रकाश वस्ताकोटी र सहकोषाध्यक्ष अमृत आचार्य बन्नुभएको छ । सदस्यहरूमा बाबु गौतम, प्रतिज्ञा अधिकारी, महेन्द्र लम्साल, लक्ष्मी वस्ताकोटी, मीना शर्मा, पुरुषोत्तम सडौला, कल्याणी वर्तौला, सुदर्शन थापा, सुवान्स साह, विजय पौडेल उपाध्याय र प्रीति शर्मा चयन हुनुभएको छ बाँकी दुई सदस्य मनोनयन गरिने जनाइएको छ ।
कार्यक्रममा न्यू साउथ वेल्सका अवैतनिक वाणिज्यदूत संजिव शर्मा र न्यू साउथ वेल्सका बहुसांस्कृतिक मन्त्री मार्क जोसेफ काउरेले ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर संस्थाको अभियानमा सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
















तपाईको प्रतिक्रिया