सामाजिक न्याय र उन्नतिको यात्रालाई नयाँ उचाइ दिन निर्वाचन : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ को निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको बताउनुभयो । अहिलेको निर्वाचन राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा हुन गइरहेको उहाँले बताउनुभएको छ ।
निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व हुने समेत राष्ट्रपति पौडेलले बताउनुभएको छ ।
















तपाईको प्रतिक्रिया