रास्वपा सभापति रविको भेरिफाइड फेसबुक पेज बन्द
पोष्टहरु आए आधिकारिक नमान्न सचिवालयको आग्रह
काठमाडौं। रास्वपा सभापति रवि लामिछानेको भेरिफाइड फेसबुक पेज बन्द गरिएको छ ।
लामिछानेको सचिवालयले अपिल जारी गर्दै पेज बन्द भएको र यसमा कुनै पनि अनधिकृत पोष्टहरु नआउने, आएमा आधिकारिक नहुने जानकारी गराएको हो । रास्वपा सभापति लामिछानेको आधिकारिक फेसबुक पेजमा बिहानैदेखि बाह्य व्यक्तिहरूले अनाधिकृत पहुँच बनाएर ह्याक गर्न पटकपटक प्रयास गरेपछि मेटाद्वारा ‘लक’ गरिएको बताइएको छ ।
पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र नियन्त्रणमा फिर्ता नआएसम्म बन्द गरिएको सचिवालयले जनाएको छ । फेसबुकको सुरक्षा प्रक्रिया अनुसार पेज पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएको छ ।
















तपाईको प्रतिक्रिया