Saturday, 14 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleकतारबाट नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन दूतावासको आह्वान

कतारबाट नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन दूतावासको आह्वान


काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन चाहने नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको छ।

दूतावासले आज सूचना जारी गर्दै नेपाल फर्कन इच्छुक नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन भनेको हो।मध्यपूर्वको वर्तमान परिस्थितिका कारण साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने भएकाले वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका कतारमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अपोइन्टमेन्ट बुक गर्न सूचनामा भनिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ