NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

सहिद स्मारक एन्फा महिला लिग आजबाट

Nepal Tube

काठमाडौं । चैत्र ४ गते (आज) देखि सहिद स्मारक एन्फा महिला लिग २०८२ सुरु भएको छ ।

लिगमा एपिएफ एफसी, बागमती युथ क्लब, चर्च बोइज युनाइटेड, झापा एफसी, न्युरोड टिम, नेपाल पुलिस क्लब, आर एस रिसोर्ट एन्ड बिच फुटबल, संकटा एफसी र त्रिभुवन आर्मी एफसी गरेर ९ टिम सहभागी रहेका छन् ।

समूह चरणमा हुने ३६ खेलबाट शीर्ष ६ टिम अर्को चरणमा पुग्नेछन । राउन्ड रोबिनकै आधारमा ६ टिमबीच १५ खेल हुनेछ । यसपछि चार शीर्ष टिमबीच एक क्वालिफायर र दुई इलिमिनेटर खेल हुनेछन । अन्त्यमा फाइनल खेल हुनेगरि तालिका सार्वजनिक भएको छ ।

उद्घाटन खेलमा आज विहान ११ बजे न्युरोड टिम (एनआरटी) र संकटा फुटबल क्लब, अर्को खेलमा दिउँसो ३ बजेदेखि त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्दैछन ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार