Thursday, 19 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalयी हुन च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने टिम

यी हुन च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने टिम


काठमाडौं । युरोपको प्रतिष्ठत फुटबल लिग युइएफए च्याम्पियन्सको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

बुधबार रातिका खेलहरु सम्पन्न भएसँगै अन्तिम ८ मा पुग्ने टोलिको टुंगो लागेको हो । इंग्लिस क्लब लिभरपुलले टर्कीस क्लब गालाटासारेलाई ४–० ले हराउँदै समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको छ । अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्ल्यान्डको न्युक्यासललाई ७–२ को फराकिलो गोलअन्तरले हराउँदै समग्रमा ८–३ को नतिजासहित क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनको बायर्नले इटालियन क्लब एटलान्टालाई ४–१ ले हराउँदै समग्रमा १०–२ को भारी गोलअन्तरले क्वाटरफाइनलमा स्थान बनाएको छ । यस्तै, अर्को खेलमा इंग्लिस क्लब टोटेनहमले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ३–२ ले हराए पनि समग्रमा ५–७ को नतिजासहित एट्लेटिको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनल समीकरणः

रियल मड्रिड भर्सेस बायर्न म्युनिख
स्पोर्टिङ लिस्बन भर्सेस आर्सनल
बार्सिलोना भर्सेस एट्लेटिको मड्रिड
पिएसजी भर्सेस लिभरपुल



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ