अष्ट्रेलियाले सिमा कडा पार्दै, विदेशबाट आउनेलाई ७२ घण्टा आईसोलेसन
सिड्नी/ कोरोना भाईरसको नयाँ प्रजाति ओमिक्रोनको डर बढेसंगै अष्ट्रेलियाले पनि आफ्नो अन्तराष्ट्रिय सिमा कडा पार्न थालेको छ ।अष्ट्रेलियाले शनिवार बिहानैदेखि अफ्रिकी देशहरुसंग सिमा बन्द गरि, त्यहाबाट १४ दिनभित्र प्रवेश गरेकालाई क्वारेन्टिन बस्न निर्देशन दिईसकेको छ ।
बद्लिदो परिस्थितीलाई मुल्याकंन गर्दै अष्ट्रेलियाले सबै देशबाट आउने दुबै खोप लगाएका यात्रुलाई ७२ घण्टा आईसोलेसनमा बस्नुपर्नेनियम लगाएको छ । न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा यो नियम लागु भएको हो । यसअघि यी दुई राज्यले पुरा खोप लगाएकायात्रुलाई क्वारेन्टिन बस्नुपर्ने नियम हटाएको थियो ।
त्यस्तै यी दुई राज्यले अन्तराष्ट्रिय विमानका उडान दलका सदस्यहरुलाई १४ दिन आईसोसनमा बसेपछि मात्र अर्को उडान भर्न दिने नियमलागु गरेको छ ।
हालसम्म अष्ट्रेलियामा नयाँ प्रजातिको कोरोना देखिएको छैन । यदपी नर्दन टेरिटोरीको हावार्ट क्वारेन्टिनमा आईसोलसनमा बसेका एकयात्रुमा भने नयाँ प्रजातिको कोरोना परिक्षण गरिएको छ । ती यात्रु अफ्रिकाबाट आएका थिए । अफ्रिकाबाट पछिल्लो १४ दिनमा १ सययात्रु अष्ट्रेलिया आएका छन् ।
यस भाईरसका बारेमा थप अनुसन्धान भईरहेको छ । थप सुचनाहरु उपलब्ध नभईन्जेल समुदायलाई सुरक्षित राख्नका लागि तत्कालैमहत्वपुर्ण कदम लिनु पर्ने भएकाले आईसोलेसन र क्वारेन्टिनको नियम ल्याईएको न्यु साउथ वेल्सका प्रिमियर डोमेनिक पेरोटेटलेजानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया