Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीमा नेपाली ढाका र गुन्यु चोलीको फ्याशन शो हुदै (भिडियोसहित)

सिड्नीमा नेपाली ढाका र गुन्यु चोलीको फ्याशन शो हुदै (भिडियोसहित)


अष्ट्रेलिया

नेपाली पोशाकलाई विश्वबजारसम्म पुर्याउने उदेश्य राखेर सिड्नीमा फ्यासन शो हुने भएको छ ।
ग्लाम नेपाल नामक नेपाली संस्थाले नेपाली ढाका र गुन्यु चोलीलाई थिम बनाएर शो गर्न लागेको हो ।

सिड्नीको सोफिटेल पाँचतारे होटलमा हुने फ्यासन शोमा नेपालका चर्चित मोडलदेखि अष्ट्रेलियामा बसिरहेका ३१ जना मोडलहरु सहभागी हुने बताइएको छ । कार्यक्रम जुन २ तारिखमा हुने तय भएको छ ।
नेपाली पोशाक र डिजाइनरहरुले भनेजस्तो बजार पाउन नसकेको सन्दर्भमा ग्लाम नेपालले यस्तो कार्यक्रम गर्न लागेको हो । “नेपाली पोशाक र डिजाइनरहरुले सोचेजस्तो स्थान पाएका छैनन्”- ग्लाम नेपालका संचालक दीपक ज्ञवालीले भने – “हाम्रो पोशाक र मेहनती डिजाइनरले अन्तराष्ट्रिय स्तरको प्लाटफर्म दिन हामीले यो कार्यक्रम गरेका हौ” ।
यस कार्यक्रमले कम्तिमा पनि नेपाली डिजाइनरलाई विश्वबजारसम्म पुग्न प्रोत्साहन पुग्ने ज्ञवालीको विश्वास छ ।

कार्यक्रममा नेपालका चर्चित मोडलहरु एना शर्मा, सबिता कार्की र निति शाहले नेपाली पोशाकमा क्याटवाक गर्नेछन् । त्यस्तै म्यान हण्ट इन्टरनेश्नल २०१९ का विजेता विवेश श्रेष्ठ पनि र्याम्पमा ओर्लिनेछन् ।
त्यस्तै उनीहरुलाई अष्ट्रेलियामा बसिरहेका २० युवती र ११ जना युवक मोडलले साथ दिनेछन् । विभिन्न चरण पार गरेर छनोटमा परेका स्थानिय मोडलहरु एक महिनादेखि अभ्यासमा जुटिरहेका छन् । उनीहरुलाई भिमसेन गुरुङ, इन्दिरा रोका र अर्चना शर्माले कोरियोग्राफी गरिरहेका छन् ।
विदेशमा बसेर पनि मोडलिङ र सौन्दर्य क्षेत्रको इच्छालाई बचाइराख्नको लागि मद्धत गर्न स्थानिय मोडलहरुलाई पनि र्याम्पमा उतार्न लागिएको आयोजकले बताएको छ ।

मोडलहरुलाई नेपाली शैलीको पोशाकमा श्रृगार्ने जिम्मा भने चर्चित डिजाइनरहरु युबि थापा, मनिष राई र मुक्ता श्रेष्ठले पाएका छन् । उनीहरुले नेपाली र विदेशी फेब्रिक प्रयोग गरेर नेपाली शैलीको २०/२० वटा पोशाक डिजाइन गरेका छन् ।
आ आफ्नो उत्कृष्ट डिजाइन लिएर तीनै जना डिजाइनर सिड्नी आउदैछन् ।


त्यस्तै कार्यक्रममा सहभागी हुन श्रेष्ठ टेलरिङका संचालक विनोद श्रेष्ठ र संचारकर्मी सुरजसिंह ठकुरी पनि सिड्नी आउदैछन् ।
अष्ट्रेलियामै पहिलो पटक हुन लागेको नेपाली फ्यासन शोमा सहभागी हुन १ सय डलर शुल्क राखिएको छ । नेपाली पोशाक र डिजाइनरलाई प्रोत्साहन गर्नका लागि ६५ हजार डलरभन्दा बढी खर्च गरेर कार्यक्रम गरिएकाले प्रवेश शुल्क मंहगो राख्नु परेको अयोजक ज्ञवालीले दावी गर्नुभयो ।

भिडियोसहित



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ