Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्लाज्मा थेरापीबाट २० जनाको सफल उपचार, बढ्दै कोरोनाका गम्भिर बिरामी

प्लाज्मा थेरापीबाट २० जनाको सफल उपचार, बढ्दै कोरोनाका गम्भिर बिरामी


काठमाडौं । नेपालमा प्लाज्मा थेरापीबाट उपचार गरी २० जना भन्दा बढी मानिसहरु कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा प्लाज्मा थेरापीबाट २० जना कोरोना संक्रमितको सफल उपचार भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४२ जनाले प्लाज्मा दान गरिसकेको जानकारी दिए । मन्त्रालयले ग्रान्डी इन्टरनेसनल अस्पताल ब्लड बैँकमा अहिलेसम्म २० देखि ५९ वर्षका ३७ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना, बुटवल अस्पतालमा २ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना गरी ४२ जनाले प्लाज्मा दान गरेको जानकारी दिएको छ । कोभिड १९ का संक्रमित व्यक्तिहरुका लागि नियमित रक्तदान गर्न चाहने व्यक्ति तथा संस्थाले सुरक्षित तवरबाट रक्तदान गर्न सम्बन्धित अस्पताल, रेडक्रससँग समन्वय गरी सहयोग गर्न समेत मन्त्रालयले सबैमाझ अपिल गरेको छ ।

यता, कोरोना संक्रमण र मृत्युदर बढेसँगै गम्भिर बिरामीको संख्या समेत बढ्न थालेको छ ।

बढ्दै कोरोनाका गम्भिर बिरामी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्मतीमा १७, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जना गरेर देशभर २२ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी १६४ जना आईसीयूमा उपचाररत रहेकोमा सबैभन्दा धेरै बाग्मती प्रदेशमा ८१ जना संक्रमित आईसीयूमा छन् । प्रदेश २ मा ४४, प्रदेश १ मा ४१, प्रदेश ५ मा १५ र गण्डकी प्रदेशमा ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । दिनप्रतिदिन गम्भिर बिरामीसँगै मृत्युदर बढिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ