Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंसहित धेरै स्थानमा हिमपात, यसरी रमाउँदैछन हिउका पारखीहरु (फोटो फिचर)

काठमाडौंसहित धेरै स्थानमा हिमपात, यसरी रमाउँदैछन हिउका पारखीहरु (फोटो फिचर)


काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडा हिमपातले सेताम्मे भएपछि चिसो ह्वात्तै बढेको छ । चिसो बढेपनि हिमपातको समयमा धेरैको रहर हुन्छ हिउँ खेल्ने, हिमपातमा रमाउने । तर अहिले उपत्यकावासीले हिउँ खेल्ने गन्तब्य भने फेरिएको छ ।

कुनै बेला हिउँ खेल्न दामन पुग्नेहरु हुन्थे। यसपछिको गन्तब्य गोदावरीको फुलचोकी थियो । नगरकोटमा पुग्नेहरु पनि उत्तिकै हुन्थे। लाकुरीभञ्ज्याङ पनि नजिकै भएकाले मानिसहरुको भीड लाग्थ्यो ।

यी सबै क्षेत्रमा हिउँ खेल्न पुग्नेहरु अहिले भएपनि धेरैको हिउँ खेल्ने गन्तब्य चाहिँ चन्द्रागिरि बन्न थालेको छ। नजिक र केबुलकारबाट उत्रिनासाथ हिउँको रमाइलो लिन सकिने भएकाले मानिसहरु यहाँ आउँछन्, रमाउँछन ।

सञ्चारमाध्यमदेखी सोसल मिडियासम्म हिउँ पर्नासाथ चन्द्रागिरिको चर्चा हुनेगरेको छ । यहि कारण आज बिहानैदेखि चन्द्रागिरिमा हिउँ खेल्न पुग्नेहरुको भिड लागेको छ ।

केबुलकार स्टेसनदेखि मन्दिरसम्म छपक्कै हिउँ ढाकिएको छ भने यहाँ खेल्ने रमाउनेहरुको भीडभाड निकै बाक्लो देख्न सकिन्छ । चिसो मौसमको कुनै परवाह नगरी काठमाडौंका विभिन्न स्थानबाट युवा–युवती र किशोर–किशोरीहरु मात्रै नभएर हिउँसँग रमाउन बालबालिका बृद्धबृद्धा समेत चन्द्रागिरीमा ओइरिएका छन् ।

काठमाडौंको सबैभन्दा अग्लो स्थानका रुपमा रहेको र केवलकारसमेत जोडिएकाले पछिल्ला वर्षहरुमा चन्द्रागिरी पर्यटकीय आकर्षणको स्थान समेत बन्दै आएको छ, चन्द्रागिरी । हिमपातले यहाँको आकर्षणलाई थप बढाइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ