अब अष्ट्रेलिया प्रवेश गर्न पिसिआर परिक्षण आवश्यक नपर्ने !
ब्रिजबेन, काठमाडौं । विदेशी यात्रुहरुले अब अष्ट्रेलिया प्रवेश गर्दा कोभिड परीक्षणको पिसिआर रिपोर्ट बोक्नु नपर्ने भएको छ । स्वास्थ्य मन्त्री ग्रेग हन्टले क्वान्टास र भर्जिनका सीईओ र मुख्य स्वास्थ्य अधिकारीसँगको छलफलपछि अष्ट्रेलिया प्रवेश गर्ने यात्रुहरुले उडानपूर्व गर्नुपर्ने पीसीआर परिक्षणको बाध्यात्मक व्यवस्था हटाइएको जानकारि दिनुभएको हो ।
“अहिले अष्ट्रेलियामा प्रवेश गर्नको लागि उडानपूर्व पीसीआर परीक्षण अनिवार्य छ, अब अष्ट्रेलिया आगमनको लागि उडानपूर्वको पीसीआर परिक्षण गरिरहन पर्दैन ।” मन्त्री हन्टले बताउनुभयो । खोपको तिब्रतासँगै कोरोना महामारिको जोखिम कम भएको आँकलनसहित अष्ट्रेलिया प्रवेशमा लगाइएका प्रतिवन्धका नियमहरु क्रमशः खुकुलो बनाइएको बताइएको छ ।
अन्तर्राष्ट्रिय उडानहरूमा अझै पनि मास्कलाई भने अनिवार्य नै गरिएको छ । प्रतिवन्धका नियमहरुमा थप परिवर्तन अप्रिल १७ पछि घोषणाहुने बताइएको छ । अहिले अष्ट्रेलियाली नागरिक र स्थायी बासिन्दाहरूलाई खोप नभए पनि आउन अनुमति दिइदै आइएको छ ।
अष्ट्रेलियाबाट तपाईहरु कोही वा आफन्त आउँदै हुनुहुन्छ भने समेत पीसीआर परिक्षण गर्नु पर्नेछैन । नेपाल सरकारले यसअघि पूर्ण खोप लगाएकाहरुलाई पीसीआर परिक्षणको रिपोर्ट देखाउनुपर्ने व्यवस्था हटाएको छ ।
ट्याग : #अन्तर्राष्ट्रिय उडान, #अष्ट्रेलिया, #पिसिआर रिपोर्ट, #प्रतिवन्धका नियमहरु, #मुख्य स्वास्थ्य अधिकारी, #स्वास्थ्य मन्त्री ग्रेग हन्ट
तपाईको प्रतिक्रिया