चाडपर्वमा खुसी खोज्नेहरु भन्दा बाध्यताको बैदेशिक यात्रा रोज्नेहरु धेरै !
काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान् चाड विजया दशमी र तिहारमा परदेशमा रहेकाहरु समेत जन्मघरमा आउने गर्दछन् । परिवारसँगको भेटघाट र घुलमिलमा रमाउन स्वदेश फर्किनेहरु भन्दा यो वर्षको दशैंमा बाध्यताले बिदेशिनेहरु बढी देखिएका छन् ।
आगमन कक्षबाट सुटकेश र झोलाले भरिएका ट्रली गुडाउँदै कतिपय यात्रुहरु दशैं नजिकिएदेखी अहिलेसम्मपनि आइरहेका छन् । यसरी फर्किनेहरुको भीडमा धेरै छन्, वैदेशिक रोजगारीबाट फर्किनेहरु । रोजगारीको लागि परदेश गएकाहरु दशैँको उमँगसँगै अनुहारमा खुसी लिएर फकिदैगर्दा हजारौँ नेपालीहरु वैदेशक रोजगारीका लागि भन्दै दशैंको मुखमा समेत बाहिरिन बाध्य बनेका छन् ।
परदेशको कमाइले परिवारको गर्जो मात्र टरेको छैन परिवारका सदस्यका रहरहरु पनि पूरा भएका छन् । वैदेशिक रोजगारीले गर्दा धेरै नेपालीहरुको भान्छामा खाना पाकिरहेको छ । धेरै नानीबाबुहरु राम्रो विद्यालयमा पढ्न पाउँने अवस्थामा पुगेका छन् । बुढा बुवाआमाले उपचार पाएका छन् । चाडपर्वको बेला मिठो मसिनो खान पाएका छन् । राम्रो लाउन पनि पाएका छन् । चाडपर्वहरुमा खल्लो महसुस हुनु परेको छैन । त्यसैले पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दिनप्रतिदिन बढ्दै छ ।
दैनिक दुई हजारको हाराहारीमा नेपाली युवा मलेसिया, खाडी लगायत श्रम गन्तव्य देशमा जाने गरेको सरकारी तथ्यांक छ । अहिले पनि चाडपर्व नभनेर दशैँको मुखैमा परदेश जान विमानस्थलसम्म पुग्नेहरुको भीडभाड छ । परदेशबाट फर्कनेहरु यसरी बाध्यताको बैदेशिक रोजगारिमा जानेहरुको अनुहारमा खुसी देखिँदैन । बरु चाडपर्वको रहर लुकाएर भएपनि परिवारको आवश्यकता टार्न बाध्यताको यात्रा रोज्नेहरु बर्षेनी बढिरहेका छन् ।
तपाईको प्रतिक्रिया