Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली सामुदायिक भवन, मन्दिर र स्तुपा बनाउने अभियान, सबैले सकेको सहयोग गरौँ !

नेपाली सामुदायिक भवन, मन्दिर र स्तुपा बनाउने अभियान, सबैले सकेको सहयोग गरौँ !


ब्रिजबेन । अष्ट्रेलियाको तेश्रो ठूलो शहर ब्रिजबेनमा नेपाली समूदायका लागि सामुदायिक भवन, मन्दीर र स्तुपा बनाउने अभियानलाई तिब्रता दिइएको छ । क्वीन्सल्याण्ड नेपालिज कल्चरल सेन्टर (क्युएनसीसी) ले विगत लामो समयदेखी थालेको यो अभियानलाई नेपाली समूदायका अग्रजहरुले तिब्रता दिएका हुन ।

अप्रिल २९ मा ब्रिजबेन सिटीबाट करिब ३३ किलोमिटर अर्थात आधा घण्टाको दुरीमा पर्ने लोगन रिजर्भ क्षेत्रमा पुगेका पुगेका नेपाली समूदायका अग्रजहरुले नजिकै घना बस्ती र पार्क समेत रहेको ४ हेक्टर जग्गा खरिद गरेर विगतमा रोकिएको सामुदायिक भवन, मन्दिर र स्तुपा बनाउने अभियानलाई तिब्रता दिने योजना बनाएका हुन । यो जग्गा किन्न १५ लाख डलर मुल्य पर्ने बताइएको छ । अहिले क्यूएनसीसीको खातामा ५ लाख डलर रहेको छ ।

एनआरएनएका केन्द्रीय सचिव समेत रहनुभएका अभिमानसिंह बस्नेतालाई यो अभियानका लागि सहयोग संकलन गर्ने जिम्मेवारी दिइएको छ । बस्नेतले अहिले १ सय ७२ सदस्यबाट ५ लाख डलर जम्मा गरिएको र अब समूदाय र सबै सरोकारवालासँग छलफल गरेर आर्थिक जोहो गरिने जानकारि दिनुभयो । ब्रिजबेनका हरेक नेपाली आफ्नो समूदायको लागि योगदान गरौँ भनेर एक हजारदेखी १५ सय डलर तिरेर सदस्य बन्ने हो भने सामुदायिक भवन, मन्दीर र स्तुपा बनाउने जग्गा किन्न केही दिनमा नै सम्भव हुने बस्नेतले बताउनुभयो ।

हामी अष्ट्रेलियाका विभिन्न शहर र विशेषगरि ब्रिजबेनमा बस्छौँ भने आफ्नो समुदायका लागि सकेको सहयोग गरौँ । आफ्नै सामुदायिक भवन, मठ, मन्दीर बनाएर नेपाली पन र मनको झल्को दिने अभियानलाई सफल बनाऔँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ