राष्ट्रपति रामचन्द्र पौडेल उपचारपछि नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फिर्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचार सकेर स्वदेश फर्किनुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट राष्ट्रपति पौडेल स्वदेश फर्कनुभएको जानकारी दिनुभएको हो ।
त्रिवी शिक्षण अस्पतालमा भर्ना हुनुभएका राष्ट्रपति पौडेलको इन्फेक्सनमा सुधार नआएपछि थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा लगिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गर्नुभएको थियो ।
चार्टर्ड बिमानमार्फत जम्बो टोली बोकेर भारत जाने आउने गर्दा राज्यकोषमा भार पर्ने भन्दै धेरैले नियमित उडानमार्फत आउन सुझाब दिएका थिए । स्वदेशमै सम्भव हुने उपचारमा भारत गएको भन्दै आलोचना समेत भएको थियो ।
तपाईको प्रतिक्रिया