Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइजरायलबाट २५४ जना नेपाल आइपुगे,यस्तो देखियो माहौल !

इजरायलबाट २५४ जना नेपाल आइपुगे,यस्तो देखियो माहौल !


काठमाडौं । इजरायलबाट २५४ जना नेपालीलाई उद्धार गरेल फर्किएको नेपाल वायु सेवा निगमको जहाज काठमाडौंमा अवतरण भएको छ ।  इजरायलस्थित गुरियन विमानस्थलबाट बिहीबार  अपरान्ह उडेको जहाज शुक्रबार बिहान ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

युद्धग्रस्त क्षेत्रबाट फर्किएकालाई लिन विमानस्थलमा पुगेका आफन्त भावविव्हल भएका थिए । उनीहरू अँगालो हालेर रोइरहेका दृश्यले भावुक बनाएका थिए । बिहिवार एकाबिहान अर्थात ४ बजे नेवानीको जहाज इजरायलका लागि उडेको थियो । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा उडेको नेवानीको उद्धार उडानको जहाज वरिष्ठ क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।

हमासको आक्रमणमा परी त्यहाँ इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । आवश्यक प्रक्रिया पूरा गरेर शव नेपाल ल्याउन केही समय लाग्ने बताइएको छ । स्वदेश आउन पाएकाहरु खुसी हुँदा इजरायलमै रहेकाहरू उद्धारको पर्खाइमा छन् । स्वदेश फर्केका विद्यार्थीहरुले गोला,बारुद र रकेट प्रहारका आवाज अनि दृश्यले आतंकित बनाएको अवस्थाको स्मरण गराउदै जन्मभूमिमा सकुशल पाइपला टेक्न पाएकोमा खुसी व्यक्त गरेका थिए



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ