Monday, 8 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमनसुन क्रमशः निष्क्रिय बन्दै, केही दिन नेपालमा राहत मिल्ने आश !

मनसुन क्रमशः निष्क्रिय बन्दै, केही दिन नेपालमा राहत मिल्ने आश !


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुने जनाएसँगै निरन्तरको झरीले प्रभावितहरुले राहत महशुस गर्न थालेका छन् । न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले नेपालमा केही दिन मनसुनको सक्रियतामा कमी आई वर्षा कम हुने मौसम पुर्वानुमान महाशाखाले जानकारि दिएको हो ।

मौसम पूर्वानुमान माहाशाखाका बरिष्ठ राजुधर प्रधानाङ्गले सोमबारदेखी केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिनुभयो । आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा भएको र उक्त रेखा दक्षिणतर्फ सर्दै जाने भएकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने उहाँले बताउनुभयो । केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेपनि मधेस, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना मात्रै रहेको बताइएको छ ।

वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै खहरे खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुँदै आएका छन् । केही दिनको वर्षादले जमिनको सतह कमजोर बनेका पहाडी क्षेत्र र नदि तटिय क्षेत्रमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन मौसम विज्ञान विभागले सबैलाई अनुरोध गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ