Wednesday, 17 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकांग्रेसको समर्थनमा ओलीले गरे प्रधानमन्त्रीको दाबी पेश !

कांग्रेसको समर्थनमा ओलीले गरे प्रधानमन्त्रीको दाबी पेश !


काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत गुमाएर पदमुक्त भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेपछि ओलीले कांग्रेसकाे समर्थनमा बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएको हो ।

शुक्रबार साँझ सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएका ओलीले कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको पाइएको छ । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस-एमाले गठबन्धनमै भए पनि प्रधानमन्त्रीमा दाबी पेसमा उनिहरुको समर्थन र हस्ताक्षर पेश गरिएको छैन । राष्ट्रपति पौडेलले आजै दाबी पेश अनुसार प्रधानमन्त्री नियुक्त गर्नुहुने बताइएको छ ।

प्रतिनिधिसभामा विश्वासको मत नपाएर प्रचण्ड प्रधानमन्त्री बाट पदमुक्त भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान गर्नुभएको थियो । यसका लागि आइतबार साँझ ५ बजेसम्मको समय उपलब्ध गराइएको थियो



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ