Sunday, 11 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविद्युत प्राधिकरणमा कुलमान घिसिङको चमत्कार, ८ वर्षमा ४७ अर्ब सञ्चित नाफा

विद्युत प्राधिकरणमा कुलमान घिसिङको चमत्कार, ८ वर्षमा ४७ अर्ब सञ्चित नाफा


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशलाई छिट्टै पूर्ण विद्युतीकरण घोषणा गरिने बताउनुभएको छ । शुक्रबार कार्यकारि निर्देशक घिसिङले पत्रकार सम्मेलन गर्दै ८ वर्षमा ४७ अर्ब सञ्चित नाफा भएको प्राधिकरण मात्रै छिट्टै पूर्ण विद्युतीकरण घोषणा गरिने बताउनुभएको हो ।

प्राधिकरणको नाफा कागजी नभएर वास्तबिक भएको स्पष्टीकरण दिनुभएका घिसिङले चुहावट नियन्त्रणबाट मात्रै वार्षिक १२ करोड आम्दानी बढाउन सफल भएको दाबी गर्नुभयो । ८ वर्षमा ४७ अर्ब सञ्चित नाफा डेडिकेटेड र ट्रङ्कलाइन महसुलले मात्रै नभएको जिकिर उहाँको थियो । तीनपटक गरि २५ प्रतिशत महसुल घटाउँदा पनि प्राधिकरण नाफामा रहेको भन्दै उनले ५९ लाखमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क लिएर नाफा मात्रै नकमाएर व्यवसायिक उत्तरदायित्व निभाइरहेको उहाँले बताउनुभयो ।

स्वदेशी तथा विदेशी लगानीकर्ताहरु नेपालमा विद्युत उत्पादनमा आकर्षित भएको, ७ हजार मेघावाटका आयोजना निर्माण प्रक्रियामा रहेको घिसिङले जानकारि दिनुभयो । २०३५ सम्ममा २८ हजार मेगावाट विद्युत निर्यात गर्नसक्ने प्रशारण लाइन विस्तार गरिने दाबी प्राधिकरणका कार्यकारि निर्देशक घिसिङको रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ