Saturday, 24 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaबेरोजगारीको मार : रोजगारी खोज्दै एक वर्षमै ५० हजार नेपाली युरोपेली मुलुकमा !

बेरोजगारीको मार : रोजगारी खोज्दै एक वर्षमै ५० हजार नेपाली युरोपेली मुलुकमा !


काठमाडौंं। उच्च शिक्षासँगै रोजगारी खोज्दै विदेश उड्ने युवाहरुको संख्या नेपालमा बर्षेनी बढ्दो क्रममा छ । अध्ययनका क्रममा अष्ट्रेलिया, अमेरिका,क्यानडा, युके, जापान लगायतका देशमा जानेहरुको लर्को लाग्दा पछिल्लो एक वर्षमा रोजगारी खोज्दै ५० हजार बढी युरोप छिरेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८० ०८१ मा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति लिएर ५० हजार ७४९ जना नेपाली युरोपका विभिन्न देश पुगेका छन् । युरोपियन युनियनमा आबद्ध २८ वटै देशमा नेपालीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएको पाइएको छ । क्रोएसिया, साईप्रस, माल्टा र रोमानियामा संस्थागत (मेनपावरमार्फत) समेत नेपाली युवाहरु गएको देखिएको छ । यी बाहेकका देशमा व्यक्तिगत श्रम स्वीकृति लिएर गएको पाइएको छ । ३३ हजार ६४७ जना पहिलो पटक श्रम स्वीकृति लिएर युरोप गएकोमा २६ हजार ६८० जना पुरुष र ६ हजार ९६७ जना महिला रहेका छन् । १७ हजार १०२ जना विगतमा गएर फर्किएकाहरु छन, जसले पुनः श्रम स्वीकृति लिएको तथ्यांक विभागमा छ ।

यो तथ्यांकले विगत केही वर्षयता रोजगारीका लागि युरोप जाने नेपालीहरूको सङ्ख्या बढ्दो क्रममा रहेको देखाएको छ । वर्षेनी युरोप पुग्नेहरुको सङ्ख्या बढ्दो क्रममा छ । युरोपका क्रोएसिया, साईप्रस, माल्टा, पोल्याण्ड, रोमानिया लगायतका देश नेपालीहरूको आकर्षण गन्तब्य बनेका छन् । वर्षेनी लाखौँ नेपाली रोजगारी खोज्दै मलेसिया, दुबई, साउदी, कतार लगायतका खाडी मुलुक पुग्ने गरेका छन् । विद्यार्थी भिषामा जानेहरुको समेत संख्या जोड्दा दिनमै ३ देखी ५ हजारले देश छाडिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ