Tuesday, 1 October 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsस्वास्थ्य मन्त्री पौडेलको सक्रियता, मुटुरोग उपचार सेवा अब ७ प्रदेशमा !

स्वास्थ्य मन्त्री पौडेलको सक्रियता, मुटुरोग उपचार सेवा अब ७ प्रदेशमा !


काठमाडौं । मुटुरोग उपचार सेवा अब ७ वटै प्रदेशमा विस्तार हुने भएको छ। शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सबै प्रदेशमा उपचार सेवा विस्तार गर्ने निर्णय गरेर प्रक्रिया अघि बढाएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री एवम्, केन्द्रका अध्यक्ष प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले बाग्मती प्रदेशमा उपलब्ध मुटुरोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको छ । यस्तै, केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउने प्रक्रियालाई मन्त्रालयसँगको समन्वयमा अघि बडाइने भएको छ । मन्त्री पौडेलले सबै प्रदेशमा प्रादेशिक अस्पतालमार्फत विशिष्टीकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर उपचार शुरु भैसकेको भन्दै मुटुरोगको उपचारसमेत विस्तारको गरेर सबैको पँहुचमा सर्वसुलभ स्वास्थ्य उपचार पुर्याइने बताउनुभयो ।

मन्त्री पौडेलले गत साउन २७ मा सार्वजनिक गरेको योजना तथा प्राथमिकता अनुसार नै विशिष्टीकृत उपचार सेवा प्रादेशिक अस्पतालहरुमार्फत विस्तार गर्ने घोषणालाई तिब्रता दिनुभएको छ । अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै स्रोतमा निःशुल्क रुपमा सञ्चालन गर्ने तयारी मन्त्रालयले अघि बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ