साफ महिला च्याम्पियनसिप फाइनल भिडन्त : नेपाल र बंगलादेशमा कस्ले जित्लान उपाधी ?
खेल हेर्न प्रधानमन्त्री ओली समेत रंगशाला जानुहुने
काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच उपाधी भिडन्त हुँदैछ । साँझ साढे ६ बजेदेखि त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा फाइनल पुगेका नेपाल र बंगलादेश भिड्न लागेका हुन ।
सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा स्थान बनाएका थिए । नेपाल र बंगलादेश दुवै उपाधि जित्ने दाबीसहित मैदान उत्रिदैछन् । दर्शकलाई साँझ ५ बजेभित्रै रंगशाला प्रवेश गरिसक्न एन्फाले आग्रह गरेको छ । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत दशरथ रंगशाला जानुहुने भएको छ । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले रंगशालामा पुरस्कारसमेत वितरण गर्ने बताइएको छ ।
यता, नेपाल र बंगलादेश बीच हुने फाइनल खेल काठमाडौंका विभिन्न तीन ठाउँबाट लाईभ प्रशारण गर्नेगरि काठमाडौं महानगरपालिकाले तयारी गरेको छ । टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाइने महानगरले जनाएको छ । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र रुपमा युवा नेता बालेन निर्वाचित भएपछि युवा लक्षित र महानगरलाई व्यवस्थित गर्ने गतिबिधि गर्दैआउनुभएको छ ।
तपाईको प्रतिक्रिया