एमालेको नेतृत्व चयनका लागि भोलि बिहान ८ बजेबाट मतदान
काठमाडौं । नेकपा एमालेको नेतृत्व तथा पदाधिकारी चयनका लागि आज हुने भनिएको मतदान बुधबार बिहान ८ बजेदेखि सुरू हुने भएको छ । आजको मतदान निर्वाचन आयोगले स्थगित गरेको हो ।
निवर्तमान महासचिव शंकर पोखरेलले भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी स्थगित गरिएको जानकारी गराउनुभएको छ । एमाले अध्यक्षमा दुई जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी पर्दा १ महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच कडा टक्कर हुँदैछ । ३ उपमहासचिवका लागि ७ जना र ९ सचिवका लागि २० जना प्रतिस्पर्धामा छन् । Photo:NPL
















तपाईको प्रतिक्रिया