एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, यी हुन चुनाव जित्ने १९ पदाधिकारीहरु
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । प्रतिस्पर्धी ईश्वर पोखरेललाई १०९९ मतान्तरले ओलीले पराजित गर्नुभएको हो । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवाज उठाउनुभएका पोखरेलले ५६४ मत मात्रै पाउनुभएको छ ।
एमाले महासचिवमा शंकर पोखरेल १ हजार २२८ मत ल्याएर विजयी बन्दा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत मात्रै पाउनुभएको छ । उपमहासचिवमा लेखराज भट्टले सर्वाधिक १४ सय ५२ मत पाउदा रघुवीर महासेठले १३ सय ६८, र पोखरेल प्यानलबाट योगेश भट्टराई ले १३ सय ४८ मत पाएर जित हासिल गर्नुभएको छ ।
एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक लोकप्रिय मत ल्याएर जित्दा ओली पक्षकै विष्णु पौडेल, रामबहादुर थापा बादल, र रघुजी पन्त विजयी बन्नुभएको छ । उपाध्यक्षमा पोखरेल प्यानलका गोकर्ण विष्ट विजयी बन्नुभएको छ । एमालेमा ५ जना उपाध्यक्ष रहने व्यवस्था छ । सचिवमा भने ओली प्यानलका महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकालले चुनाव जित्नुभएको छ ।
११औँ महाधिवेशनबाट अध्यक्षमा ओलीले ह्याट्रिक गर्दा १९ सदस्यीय पदाधिकारीमा आफ्नो टिमबाट १७ जनालाई जिताउनुभएको छ ।
















तपाईको प्रतिक्रिया