आज पुस १५ अर्थात तमु ल्होसार, देश विदेशमा मनाइँदै
काठमाडौं । नेपालसहित अष्ट्रेलिया, युके, अमेरिका लगायतमा मुलुकमा पुग्नुभएका गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनका रुपमा ‘तमु ल्होसार’ मनाउने गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा काठमाडौं टुँडिखेलमा, अष्ट्रेलिया, अमेरिका, युके लगायतका विभिन्न सहरमा पनि गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन् ।
तमु ल्होसार महोत्सवमा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक वेषभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गरिन्छ । यस्ता महोत्सवमा तमुसँगै गैह्र तमुसमेत गरेर हजारौँ सर्वसाधारणको सहभागिता हुनेगर्छन ।
















तपाईको प्रतिक्रिया