Sunday, 4 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरास्वपाले गठन गर्यो पार्टी समायोजन र निर्वाचन केन्द्रित दुई उपसमिति

रास्वपाले गठन गर्यो पार्टी समायोजन र निर्वाचन केन्द्रित दुई उपसमिति

विवेकशील साझाका ७ जना केन्द्रीय सदस्य मनोनित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गरेको छ ।

पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति बैठकले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्न उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो । उपसमितिलाई योग्य उम्मेदवार र छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने भनिएको छ । यस्तै, पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण गर्न र निष्कर्षमा पुर्‍याउन भन्दै पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गरिएको छ ।

Photo-NPL

रास्वपाको आजकै केन्द्रीय समिति बैठकले विवेकशील साझाबाट पार्टी एकिकरण गरेर आउनुभएका ७ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । विवेकशील साझालाई रास्वपामा मिलाउनुभएका समीक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शनालाई केन्द्रीय सदस्य मनोनित हुनुभएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ