माया ग्रुपले गर्यो ९ जना नेपाली क्रिकेट खेलाडीसँग प्रायोजन सम्झौता
नेपाली क्रिकेटलाई थप मजबुत बनाउने उद्देश्य
काठमाडौं । माया ग्रुपले नेपाली क्रिकेटलाई थप मजबुत बनाउने उद्देश्यसहित ९ जना नेपाली क्रिकेट खेलाडीसँग प्रायोजन सम्झौता गरेको छ।

आइतबार आयोजित कार्यक्रममार्फत माया ग्रुपले राष्ट्रिय टोलीका स्थापित तथा उदीयमान खेलाडीलाई आर्थिक तथा व्यावसायिक सहयोग प्रदान गर्ने प्रतिबद्धतासहित सम्झौता गरेको हो । सम्झौता दुई वर्षका लागि भएको जनाइएको छ ।

प्रायोजन सम्झौतामा नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, यू—१६ क्रिकेट खेलेका प्रसिद्ध जैसी, सुशील रावल तथा नेपाली यू–१९ महिला टोलीकी उपकप्तान सोनी पाख्रिन समावेश हुनुभएको छ । Photo-NPL
















तपाईको प्रतिक्रिया