सोमबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
समाधान होला कि थप बल्झेला महाधिवेशन किचलो ?
काठमाडौं । नेपाली कांग्रेसले सोमबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो १ बजेलाई बैठक बोलाइएको जानकारी दिनुभएको हो ।
यसअघि शुक्रबार बसेको कार्यसम्पादन बैठकले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २६ को महाधिवेशन कार्यतालिका प्रभावित भएपछि विशेष महाधिवेशन गर्नुपर्ने अडान लिदैआउनुभएको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित यसअघि नै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन् ।
बैशाखमा नियमित महाधिवेशन गर्ने संस्थापन पक्ष र पुस मसान्तसम्म विशेष महाधिवेशन गर्नुपर्छ भन्दै जसरी पनि गराउने अडानमा रहनुभएका महामन्त्री द्धय गगन र विश्वप्रकाश समूह बीचको द्धन्द्ध थप बढ्ने देखिएको छ । महाधिवेशनको आन्तरिक किचलो कार्यसम्पादन समितिले पुरा गर्न नसकेमा कांग्रेसमा ठूलो बिग्रह आउने आँकलन समेत हुन थालेको छ ।
















तपाईको प्रतिक्रिया