जाँचबुझ आयोगलाई दिए पूर्वप्रधानमन्त्री ओलीले लिखित जवाफ
जेन जि आन्दोलन बारे के छ जवाफमा ?
काठमाडौं । पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीसंग भदौ २३ र २४ गतेको घटना बारे गौरिबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लिखित जवाफ लिएको छ ।
आयोगका कर्मचारी लिखित प्रश्नहरु बोकेर ओली निवास गुण्डुमै पुगेपछि लिखित जवाफ दिनुभएको बताइएको छ । बयान नदिने अडानमा रहनुभएका ओलीले आफ्नो निवासमै आएमा चिया खुवाएर पठाउने बताउदै आउनुभएको थियोे ।
आफ्नो जवाफमा ओलीले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निस्पक्षतामा प्रश्न उठाउदै कार्कीले घटनाबारे आफ्नो फैसला पहिल्यै सुनाइसकेकाले छानबिनको औचित्य नै नरहेको बताउनुभएको छ । यस्तै घटनामा बर्बर दमनको आदेश दिन भूमिका खेलेको भन्दै बाहिर उठाइएका प्रश्नको समेत पूर्वप्रधानमन्त्री ओलीले खण्डन गर्नुभएको छ ।
जाँचबुझ आयोगले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका संयोजक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि विभिन्न प्रश्न सोधेर पत्र पठाए पनि जवाफ आएको छैन । यस अघि जवाफ नदिने बताउदै आउनुभएका ओली प्रधानमन्त्री कार्कीले कांग्रेस,एमाले र नेकपाका शिर्ष नेतासँग छलफल गरेपछि केही सकारात्मक बन्नुभएको छ ।
ट्याग : ##breakingnews, ##KpOli, #nepal, #news
















तपाईको प्रतिक्रिया