Thursday, 29 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleपूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

आजै डिस्चार्ज हुने


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक समेत रहनुभएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनु भएकाे छ ।

रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको थियोे । टिचिङबाट मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका नेपालको आजै डिस्चार्ज हुने बताइएको छ ।

भर्ना मनमोहन कार्डियोथोरासिकमा भएपनि उपचार त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले नै  गरिरहनु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ