निर्वाचन प्रयोजनका तीन वटा अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत
राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन
काठमाडौं । राष्ट्रिय सभा बैठकबाट विभिन्न तीन वटा अध्यादेश स्वीकृत भएका छन ।
सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश सर्वसम्मतिले स्वीकृत गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सर्वसहमतिले पारित भयो ।

राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन
आजै राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री सुशिला कार्कीले पहिलो पटक सम्बोधन गर्नुभएको छ । उहाँले सम्बोधनका क्रममा बाध्यतावस सरकारको नेतृत्वमा आएकाले जननिर्वाचित संसदसँगै सरकार हस्तान्तरणका लागि आतुर रहेको बताउनुभएको छ ।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ पेस गर्नुभएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
माघ २३ गते शुक्रबारका लागि राष्ट्रिय सभाको अर्को बैठक बोलाइएको छ । Photo- NPL
















तपाईको प्रतिक्रिया