काठमाडौंबाट टर्कीको इस्तानबुल उडेको जहाजमा प्राविधिक समस्या
कोलकातामा आकस्मिक अवतरण
काठमाडौं । काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि भारतको कोलकातामा आकस्मिक अवतरण गरिएको छ ।
दिउँसो १ बजेर २९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइट नम्बर टीके ७२७ को जहाजमा उचाइ लिने क्रममा दायाँ इन्जिनमा आगो लागेको संकेत देखिएपछि ४ माइल पश्चिमबाट चालक दलले काठमाडौं एप्रोच कन्ट्रोललाई यसबारे जानकारी गराएका थिए। लगत्तै जहाजलाई केही समय आकाशमै होल्ड गरि कलकत्ता तर्फ मोडेर सकुशल अवतरण गरिएको बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जहाज नेपाली समय अनुसार दिउँसो ३ बजेर ३ मिनेटमा कोलकाता विमानस्थलमा सकुशल अवतरण भएको, २२५ यात्रु र ११ चालक दलका सदस्य गरी कुल २३६ जना सबै सुरक्षित रहेको जानकारि दिएको छ । विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै जहाजको सफल अवतरण बारे जानकारि दिएको छ ।
















तपाईको प्रतिक्रिया