रास्वपाले भन्यो -पीडित बालिकाको परिवारलाई न्याय दिलाउछौँ
काठमाडौं । रास्वपाले रौतहट २ का उम्मेदवार सगिर आलमको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको घटना बारे सरकारको वस्तुनिष्ठ छानबिनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै पार्टीले यो घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको र पीडितलाई न्याय दिलाउने बताउनुभएको छ । रास्वपाले उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई निर्देशन नै दिएको छ ।
कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले दिनसक्ने राहत र सहयोगका लागि आवश्यक पहल भइरहेको जानकारी रास्वपाले गराएको छ ।
















तपाईको प्रतिक्रिया