Wednesday, 18 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleशेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाए ग्याल्पो ल्होसार

शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाए ग्याल्पो ल्होसार


काठमाडौं । हिमाली क्षेत्रसहित देश विदेशका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायले आज नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाएका छन् ।

शेर्पा समुदायको सांस्कृतिक पहिचान र ऐतिहासिक परम्परालाई जगेर्ना गर्ने कदमका रुपमा हरेक वर्ष मौलिक र परम्परागत रुपमा ग्याल्पो ल्होसार मनाउनेगरिन्छ । फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आफ्नो भेषभूषामा सजिएर मनाएका हुन् ।शेर्पा समुदायले विविध सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ यो पर्व मनाउछन् । मान्यजनहरूबाट आशिर्वाद ग्रहण गर्ने, परिवार र आफन्तजनको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै शेर्पा पहिरनमा सजिएर नाचगान गर्ने गरिन्छ ।

ग्याल्पो ल्होसारले आपसी सद्भाव, सहिष्णुता, सहकार्य, भ्रातृत्व र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शुसीला कार्कीसहित दलका नेताहरुले शुभकामना दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ