स्कुटर चालक मृत्यु प्रकरण : अरनिको राजमार्ग सञ्चालनमा
काठमाडौं । काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध पारिएको अरनिको राजमार्ग सञ्चालनमा ल्याइएको छ ।

टिपरको ठक्करबाट धुलिखेल नगरपालिका–८ घर भई बनेपा बस्ने ३१ वर्षीय ओमन प्रधानको ज्यान गएपछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेका थिए । आगजनीपछि केही घण्टासम्म राजमार्ग अवरुद्ध पारिएको थियो।

राजमार्गमा भएको बिरोध र टिपरमा लगाइएको आगो प्रहरीले नियन्त्रणमा लिएपछि अहिले बनेपा क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । अहिले अरनिको राजमार्गमा कुनै अबरोध नरहेको प्रहरीले जनाएको छ । Photo-NPL
















तपाईको प्रतिक्रिया