जनकपुरमा गगनको सम्बोधन : अघि सारे ‘टीम नेपाल’को अवधारणा
काठमाडौं । कांग्रेस सभापति गगन थापाले ‘टीम नेपाल’को अवधारणाबाट मात्रै देश बनाउन सकिने उद्घोष गर्नुभएको छ ।
जनकपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले देशलाई सम्हालेर अघि बढाउनको लागि ‘टीम नेपाल’ को अवधारणा अघि सार्नुभएको हो । ७ वटा प्रदेश, ७५३ वटा स्थानीय तह, संसदमा रहेका सबै राजनीतिक दल, निजी क्षेत्र र आम नागरिक समेटिएको टिम नेपालको परिकल्पना उहाँले सुनाउनुभएको हो । सबैको साझा प्रयास र अपनत्वले मात्र सरकार र व्यवस्थाले डेलिभरी दिनसक्ने भन्दै उहाँले एमाले, माओवादी, रास्वपा, जसपासहित सबै मिलाएर लैजान कांग्रेस चाहिने बताउनुभयो ।
देशको लोकतान्त्रिक स्पेस हाइज्याक भएको दाबी गर्दै गगनले गठबन्धनको प्रदूषित राजनीतिलाई सफा गर्ने प्रक्रियाको प्रारम्भ कांग्रेसले थालेको बताउनुभएको छ ।
















तपाईको प्रतिक्रिया