Thursday, 19 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरास्वपाको चुनावी वाचापत्र : रुपान्तरणका लागि १०० प्रतिबद्धता

रास्वपाको चुनावी वाचापत्र : रुपान्तरणका लागि १०० प्रतिबद्धता


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ। सुर्खेतबाट सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वणिम वाग्लेलगायत नेताहरूले चुनावी वाचापत्र सार्वजनिक गरेका हुन्।

वाचापत्रमा १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आययुक्त मुलुक बनाउने लक्ष्य राख्दै ७ वर्षभित्र देशको अर्थतन्त्र एक सय अर्ब डलरको बनाइने प्रतिबद्धता रहेको छ । वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि र ५–७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने प्रतिबद्धता समेत रास्वपाले जनतामाझ गरेको छ । रास्वपाले सरकारी कार्यालयमा बिचौलियाको अन्त्य, ‘लाइन होइन, अनलाइन’ सार्वजनिक सेवा प्रणाली, राष्ट्रिय परिचयपत्रमार्फत एकीकृत सेवा प्रवाह, २०४६ सालयता सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन तथा भ्रष्टाचारका फाइल खोल्ने नीति अघि सारेको छ। शिक्षा, स्वास्थ्य र सार्वजनिक संस्थानलाई दलीय राजनीतिबाट मुक्त गर्ने तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आई–भोटिङ सुनिश्चित गर्ने घोषणा गरिएको छ। कुनै पनि प्रकारका भ्रातृ संगठन निर्माण नगर्ने स्पष्ट प्रतिबद्धता गरेको रास्वपाले अवैध धन राष्ट्रियकरण गर्ने भनेको छ ।

रास्वपाले सहकारी सञ्चालकहरूलाई जेल हाल्नुमात्र नभएर बचतकर्ताको पैसा फिर्ता गराउने प्रतिबद्धता जनाएको छ । सरकारको नेतृत्व गरे सय दिनभित्रै सहकारी संस्थाका बचतकर्ताहरूलाई रकम फिर्ता गर्ने बाचा रास्वपाले गरेको छ ।

रास्वपाले सरकार सम्हालेको तीन महिनाभित्र संविधान संसोधनका लागि बहसपत्र तयार गर्ने प्रतिबद्धता गरेको छ । रास्वपाले एकपटकको नेपाली सधैको नेपाली, देशमै रोजगारीको ज्ञारेन्टी लगायतका प्रतिबद्धता गर्दै जनतामाझ वाचापत्रमार्फत रुपान्तरणका १०० वटा प्रतिबद्धता अघि सारेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ