पर्थमा नेपाली समुदायसँग राजदूत चित्रलेखा यादवको अन्तरक्रिया हुँदै
काठमाडौं । एनआरएनए वेस्टर्न अष्ट्रेलियाले पर्थमा रहेका नेपाली समुदायसँग अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवसँग भेटघाट र अन्तरक्रिया कार्यक्रम आयोजना गर्नेभएको छ ।
आगामी शनिबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म Mo:Mo Planet, Victoria Park मा उक्त कार्यक्रम राखिएको एनआरएनए वेस्टर्न अष्ट्रेलियाले जनाएको छ । NRNA Western Australia ले अभियान Nepali Association of Western Australia NAWA Inc. र Perth Nepali Mandir & Community Center (Pashupatinath Bouddhanath Western Australia- PBWA) को सहकार्य गर्न लागेको हो ।
एनआरएनए वेस्टर्न अष्ट्रेलियाले नेपाली समूदायमा हुने राजदूत यादवसँगको छलफल अर्थपूर्ण हुने, कूटनीतिक सेवा र नेपालको दूतावाससँग नेपाली समूदायको सम्बन्ध बलियो बन्ने विश्वास लिएको छ ।
















तपाईको प्रतिक्रिया