Sunday, 22 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleनिर्वाचन सुरक्षा : गणबाट बाहिर निस्किन थाले प्रहरी

निर्वाचन सुरक्षा : गणबाट बाहिर निस्किन थाले प्रहरी


काठमाडौं । निर्वाचन सुरक्षाका लागि प्रहरी परिचालन बढाउन थालिएको छ । काठमाडौंको महाराजगन्जस्थित १ नम्बर गणबाट निर्वाचन सुरक्षार्थ आइतबार ३ हजार भन्दा बढी प्रहरीलाई विभिन्न जिल्लामा खटाइएको हो ।

पहिलो चरणमा मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिराहा, पर्सा, सप्तरी, सर्लाही रौतहट लगायत विभिन्न जिल्लामा खटिने प्रहरीको बिदाइ गरिएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीका विभिन्न गणबाट विभिन्न जिल्लामा प्रहरी खटाउने क्रम बढाइएको छ ।

निर्वाचन सुरक्षामा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसँगै म्यादी प्रहरी परिचालनको रणनीति सरकारले बनाएर सुरक्षा तैनाथी गरिरहेको छ । Photo:NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ