Tuesday, 24 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentबसन्तपुरमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइयो

बसन्तपुरमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइयो

होलीलाई औपचारिकता दिने परम्पराको निरन्तरता


काठमाडौं । काठमाडौंको बसन्तपुरमा मंगलबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ड्याइएको छ । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ ।

हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णयक समितिले चीर ठड्याउनको लागि आज उत्तम साइत निकालेको थियो । होली पर्वको शुभारम्भ भएको जनाऊ दिन हरेक वर्ष वसन्तपुरमा चीर ठड्याउने गरिन्छ । पौराणिक कालदेखि सुरु भएको होलीको विशेष महत्व रहिआएको छ ।

यस्तो छ होलीको धार्मिक ऐतिहासिक पक्ष
होली पर्वलाई वसन्त ऋृतुको आगमनको खुसीयालीमा रङसहित मनाउने रमाउने पर्वको रुपमा लिने गरिन्छ। धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए। तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म भएकी थिइन्। आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वासका आधारमा होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ। Photo-NPL

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ