Techie IT
Monday November 30, 2020  |   सोमवार, मंसिर १५, २०७७
गृहपृष्ठ » News » नेपाली जहाज अष्ट्रेलिया आउदै । तर, फर्कदै छ रित्तै । (भिडियो सहित)

नेपाली जहाज अष्ट्रेलिया आउदै । तर, फर्कदै छ रित्तै । (भिडियो सहित)


558 Views

ब्रिजवेन
२ सय ५० भन्दा बढीअष्ट्रेलियन नागरिक बोकेर नेपाल एयरलाइन्सको राष्ट्रिय ध्वजाबहाक जहाज अप्रिल १ तारिखमा काठमाडौबाट उड्ने तय भएको छ । वाइडवडी जहाज अष्ट्रेलियाको व्रिजवेनमा संभवत बिहिबार अवतरण हुनेछ ।
अष्ट्रेलियन सरकारले नेपालमा फसेका आफ्ना नागरिकको उद्धार गर्न नेपाल एयरलाइन्सको विमान चार्टर गरेको हो । उक्त विमानमा फर्कने बेलामा अष्ट्रेलियामा फसेका नेपालीलाइ उद्धार गर्ने दुतावासको प्रयास भने सफल हुन सकेन ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले यसअघि नै उक्त विमानमा नेपालीहरुलाई फिर्ता पठाउने गरि परराष्ट्र मन्त्रालय मार्फत कोरोना नियन्त्रणका लागि बनेको उच्चस्तरिय समितिलाई अनुरोध गरेका थिए । तर, उपप्रधानमन्त्रीको नेतृत्वमा बनेको उक्त समितिमा यस विषयले प्रवेश नै नपाएको बुझिएको छ ।
नेपाल ट्युबसंग कुरा गर्दै राजदूत दाहालले अत्यावश्यक परेका नेपालीलाई स्वदेश फर्काउने प्रयास गरेपनि सरकारका तर्फबाट कुनै जवाफ नआएको बताए ।
लामो यात्रा गर्दा कोरोनाको जोखिम हुने, नेपालमा सेल्फ क्वारेन्टाइनमा बस्ने राम्रो व्यवस्था नभएको तथा विदेशबाट आएका मानिसमा बढी कोरोना संक्रमण देखिएको र लक डाउनका कारण काठमाडौबाट बाहिर यात्रा गर्न पनि नसकिने भएकाले सरकारले अष्ट्रेलियाबाट नेपालीको उद्धार गर्ने कार्य अघि नबढाएको बुझिएको छ ।

यसरी भएको थियो पहल

अष्ट्रेलियामा फसेका नेपालीको उद्दार गरिदै !

अष्ट्रेलियामा फसेका नेपालीको उद्दार गर्दै नेपाल सरकार । दूतावासको तयारी यस्तो छ ।अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल प्रत्यक्ष प्रशारणमा तपाइको प्रश्न कमेन्टमा लेख्नुहोस्

Posted by Nepal Tube Australia on Saturday, March 28, 2020

क्याटेगोरी : News



प्रतिक्रिया दिनुहोस

-Advertisement-