Monday, 20 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतमा संसद मार्चमा प्रहरी-प्रदर्शनकारीबीच झडप

भारतमा संसद मार्चमा प्रहरी-प्रदर्शनकारीबीच झडप


भारतको राजधानी नयाँ दिल्लीमा सोमबार संसदतर्फ मार्च गर्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

प्रदर्शनकारीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, प्रश्नपत्र चुहावट प्रकरणको निष्पक्ष छानबिन र शिक्षा प्रणालीमा सुधारको माग गरेका थिए। संसद क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्दै अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रदर्शन चर्किएपछि संसद परिसरको सुरक्षा व्यवस्था कडा पारिएको थियो। केही समयका लागि संसदका केही प्रवेशद्वार बन्द गरिएका थिए भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदी संसद भवनबाट बाहिरिएका समेत थिए।

झडपका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेको यकिन संख्या भने सार्वजनिक गरिएको छैन।

प्रदर्शनका क्रममा एक प्रदर्शनकारीले ‘नेपाल बना दूँगा’ (नेपाल बनाइदिन्छु) भन्दै सरकारको आलोचना गरेका थिए।

‘संसद भवन उखाड्दिन्छौं (उखेलेर फाल्छौं)। नेपाल बनाइदिन्छौं नेपाल,’ एक प्रदर्शनकारीले भने।

भारतमा पछिल्ला महिनामा भइरहेका आन्दोलनलाई संकेत गर्दै उनले यस्तो अभिव्यक्ति दिएका भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ