Monday, 20 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाली सामान बेलायत निर्यातमा भन्सार छुट

नेपाली सामान बेलायत निर्यातमा भन्सार छुट


नेपालमा उत्पादित अधिकांश सामान बेलायत निर्यात गर्दा भन्सार कर नलाग्ने भएको छ।

बेलायत सरकारले लागू गरेको ‘विकासशील देश व्यापार योजना’ अन्तर्गत नेपालका करिब ९९ प्रतिशत उत्पादनले भन्सार छुट पाउने व्यवस्था रहेको हो।

काठमाडौंमा आयोजित कार्यक्रममा बेलायती दूतावास र व्यापार क्षेत्रका प्रतिनिधिहरूले नेपाली व्यवसायीलाई यो सुविधाको अधिकतम उपयोग गर्दै बेलायततर्फ निर्यात बढाउन आग्रह गरेका छन्।

गलैंचा, पश्मिना, कपडा, ऊनीका सामान, चिया, जडीबुटी र हस्तकलाका सामग्री बेलायती बजारमा राम्रो सम्भावना भएका नेपाली उत्पादनका रूपमा उल्लेख गरिएको छ।

यी उत्पादनको निर्यात बढाउन सके व्यापार विस्तार हुनुका साथै रोजगारी सिर्जनामा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

नेपाल-बेलायत उद्योग वाणिज्य संघले नेपाली व्यवसायीलाई बेलायती बजारमा पहुँच विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ