Monday, 20 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल–इजरायलबीच द्विपक्षीय श्रम सम्झौता, ८३६ जना भए छनोट 

नेपाल–इजरायलबीच द्विपक्षीय श्रम सम्झौता, ८३६ जना भए छनोट 


नेपाल–इजरायलबीच द्विपक्षीय श्रम सम्झौतामा ८३६ जना उम्मेदवारहरू छनोट भएका छन्।

बिहीबार इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरणले ८३६ जना कामदारहरू केयरगिभरका लागि छनोट गरेको हो। जसमा ५८८ पुरुष र २४८ महिला रहेका छन्। 

असार ३२ गते इजरायल सरकारले २३०० जना माग गर्दै विज्ञापन गरेको थियो। तर मापदण्ड पुगेका एघार सय १५ जनाले प्रक्रियामा सहभागी जनाएका थिए। 

छनोट भएका केयरगिभरहरूले गम्भीर शारीरिक वा मानसिक अपांगता भएका व्यक्तिको विशेष हेरचाह गर्नेछन्। 

उनीहरूको मासिक ३ लाख ४७ हजार रूपैयाँ तलब हुनेछ। तर खाना र बस्ने खर्च भने आफैंले बेहोर्नुपर्नेछ। 

छनोट भएका उम्मेदवारहरूले मेडिकल र आपराधिक पृष्ठभूमि जाँच पास गर्नुपर्छ। पास भए मात्रै उनीहरू भदौ/असोज महिनामा इजरायल जान पाउनेछन्। 

यस्तै, इजरायल सरकारले थप २१०० भन्दा बढी कामदारहरू लग्ने घोषणा गरेको छ। 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ