Sunday, 1 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइरान-अमेरिका टकराब :  यूएईमा १ नेपालीसहित तीन जनाको मृत्यु 

इरान-अमेरिका टकराब :  यूएईमा १ नेपालीसहित तीन जनाको मृत्यु 


काठमाडौं । इरानले यूएईमा गरेको हवाई आक्रमणमा परेर एक नेपालीसहित तीन जनाको ज्यान गएको छ।

यूएई रक्षा मन्त्रालयका अनुसार १६५ मिसाइल र ५४१ ड्रोन प्रहार भएको छ । घटनामा परेर १५ देशका ५८ जना घाइते भएका छन्। घाइते हुनेमा भने कोही नेपाली नरहेको यूएईस्थित नेपाली राजदूतावासले नेपालट्युबलाई जानकारी दिएको छ ।

निरन्तरको बमबारीले नेपालीसहित युएईमा रहेकाहरु डर, त्रासमा रहेका छन् । नेपालीसहित सबैलाई सम्बन्धित देशले सुरक्षित रहन आग्रह गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ