प्रधानमन्त्री कार्कीलाई विशेष धन्यवाद ! छिटफुट घटना बाहेक शान्तिपूर्ण मतदान
६ हजार ५४१ उम्मेदवारको भविष्य बाक्सामा
काठमाडौं । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि सभा निर्वाचनको मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेकाहरूले भोट हाल्न पाएका छन् । निर्धारित समय ५ बजेभित्र लाइनमा नस्बनेले भने अब मतदान गर्न पाउने छैनन् । मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका गरेर जम्मा २७५ सांसद छानिने छन् । यसका लागि ६ हजार ५४१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
देशभर १ करोड ८९ लाखभन्दा बढी मतदाता रहेकोमा निर्वाचन आयोगले ५० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक जानकारी दिएको छ।

६ हजार ५४१ उम्मेदवारको भविष्य बाक्सामा
निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मतदानमार्फत ६ हजार ५४१ उम्मेदवारको भविष्य बाक्सामा कैद भएको छ । मतगणना पछि जनताको अभिमत बाहिर आउनेछ । Photo- NPL
















तपाईको प्रतिक्रिया