Friday, 27 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalआजबाट बालेन सरकार, दिउँसो सपथ 

आजबाट बालेन सरकार, दिउँसो सपथ 


काठमाडौं । रास्वपा संसदीय दलको नेता ३६ वर्षीय बालेन्द्र शाह (बालेन) आज नेपालको नयाँ प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो १२:३० बजे रास्वपा संसदीय दलका नेता बालेन शाहलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराउन लाग्नुभएको हो । सपथ लगत्तै शाहले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर  पद बहाली गर्नुहुनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार रास्वपाको एकल सरकार गठन हुदैछ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो।

प्रधानमन्त्रीको शपथसँगै आजै मन्त्रीहरूको पनि शपथ गराइने बताइएको छ । मन्त्रीको नाम रास्वपाले सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गर्नेगरि तयारी गरिएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ