अब न्युजिल्यान्डमा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस
काठमाडौं । एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजले न्युजिल्यान्डमा पनि सेवा विस्तार गरेको छ ।

अकल्यान्डमा एक्सपर्टले आफ्नो ९० औ कार्यलय स्थापना गरेको छ। यो न्युजिल्याण्डमा पहिलो कार्यलय हो । सन् २००३ मा अष्ट्रेलियाको सिड्नीबाट सुरु भएको यस संस्थाले हाल २५ देशमा सेवा विस्तार गरेको छ । कम्पनीका संस्थापक तथा ग्लोबल डाइरेक्टर बद्री अर्यालले नेपाल ट्युबसँगको कुराकानीमा न्युजिल्यान्ड नेपाली विद्यार्थीका लागि आकर्षक अध्ययन गन्तव्य भए पनि प्रत्यक्ष सेवा अभावका कारण कठिनाइ हुँदै आएको बताउनुभयो ।

विद्यार्थीका सोही आवश्यकता सम्बोधन गर्दै विद्यार्थीलाई राहत पुर्याउने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको हो । साथै, संस्थाले हाल १६०० भन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ।
















तपाईको प्रतिक्रिया