Friday, 27 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalयी हुन युवा प्रधानमन्त्री बालेन्द्रका १४ सारथी

यी हुन युवा प्रधानमन्त्री बालेन्द्रका १४ सारथी

सपथसँगै पदभार ग्रहण गरेर काम सुरु


काठमाडौं । प्रधानमन्त्री बालेन शाहसहित १४ जना मन्त्रीले पद तथा गोपनियताको सपथसँगै आ—आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष शपथ ग्रहण समारोहमा सपथ लिएसँगै प्रधानमन्त्रीसहित सबै मन्त्रीले पदभार ग्रहण गरेका हुन ।

यस्ता छन युवा प्रधानमन्त्री बालेन्द्र शाहका १४ सारथीहरु
अर्थमन्त्री— स्वर्णिम वाग्ले (तनहुँ १ बाट निर्वाचित डा.वाग्ले पूर्वसांसद योजना आयोगका पूर्व उपाध्यक्ष र अर्थविद हुनुहुन्छ ।)
गृहमन्त्री — सुधन गुरुङ (गोरखा १ बाट निर्वाचित गुरुङ हामी नेपालका फाउण्डर तथा जेनजि प्रदर्शनका अगुवाका रुपमा चर्चामा हुनुहुन्छ ।)
परराष्ट्र मन्त्री— शिशिर खनाल (काठमाडौं ६ बाट निर्वाचित खनाल पूर्व मन्त्री, पूर्व सांसद, रास्वपा विदेश विभाग प्रमुख हुनुहुन्छ । ं
भौतिक पूर्वाधार तथा यातायात मन्त्री— सुनिल लम्साल (रुपन्देही १ बाट निर्वाचित खनाल काठमाडौं महानगरमा बालेन मेयर रहदा पूर्वाधार विज्ञका रुपमा हुनुहुन्थ्यो ।)
उर्जामन्त्री जलश्रोत तथा सिँचाई मन्त्री— विराजभक्त श्रेष्ठ (काठमाडौं ८ बाट निर्वाचित श्रेष्ठ पूर्वमन्त्री, पूर्व सांसद हुनुहुन्छ)
कानुन न्याय तथा संसदीय मामिला मन्त्री—सोविता गौतम (चितवन ३ बाट निर्वाचित गौतम सामाजिक अभियन्ता तथा अधिवक्ता हुनुहुन्छ ।)
सूचना सञ्चार तथा प्रविधि मन्त्री विक्रम तिमल्सिना (नुवाकोट १ बाट निर्वाचित तिमल्सिना पीएचडी गरेर अष्ट्रेलियाबाट देश फर्किनुभएको हो, उहाँ शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील हुनुहुन्छ ।)
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री— दीपक साह (महोत्तरी २ बाट निर्वाचित साह सर्वोदय, जनस्वराज जनमत पार्टी हुँदै रास्वपा आउनुभएको हो । उहाँ जलविद्युत क्षेत्रका इन्जिनियर तथा विज्ञ हुनुहुन्छ ।)
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री—सस्मित पोखरेल (काठमाडौं ५ बाट निर्वाचित पोखरे बालेन मेयर हुँदा शिक्षा विज्ञका रुपमा हुनुहुन्थ्यो, कानुनमा स्नातक वैकल्पिक राजनीतिका अभियन्ता समेत हुनुहुन्छ पोखरेल ।)
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक पौडेल उर्फ गणेश (कास्की १ बाट निर्वाचित पौडेल राजनीतिमा आउनुअघि शैक्षिक र सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो । पोखराका साहित्यकारका रुपमा समेत परिचित हुनुहुन्छ ।)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री—प्रतिभा रावल (समानुपातिकबाट निर्वाचित रावल पत्रकारिता हुँदै राजनीतिमा आउनुभएको हो ।)
कृषि मन्त्री — गीता चौधरी (समानुपातिकबाट निर्वाचित चौधरी साहुसँग ऋण मागेर पढ्दै अधिवक्ता बन्नुभएको संघर्षशिल महिला हुनुहुन्छ । )
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री— सीता वादी (समानुपातिकबाट निर्वाचित वादी पत्रकारिता र सामाजिक कार्यमा सक्रिय,पहिलो बादी समूदायको मन्त्री बन्न सफल हुनुभएको छ । )
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री—निशा मेहता (समानुपातिकबाट निर्वाचित मेहता नर्सिङमा स्नातकोत्तर गर्नुभएकी स्टापनर्स हुनुहुन्छ ।)
उद्योग मन्त्रीमा प्रस्तावित— सर्लाही ४ बाट निर्वाचित डा. अमरेशकुमार सिंहले भने मन्त्रीपद अस्विकार गर्नुभएको छ । विगतमा कांग्रेसहुँदै स्वतन्त्र बन्नुभएका सिंह चुनाव अघि रास्वपा प्रवेश गर्नुभएको थियो ।

शिशिर खनाल र विराजभक्त श्रेष्ठ बाहेक मन्त्री बनेका १३ जना सबै नयाँ अनुहार हुन । आजकै दिनबाट युवा प्रधानमन्त्री बालेन्द्रको काउनडाउन सुरु भएको छ । सपथग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई मात्रै सहभागी हुनुभएको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुदा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा हुनुहुन्थ्यो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ